काठमाण्डौ । अमेरिकी सेयर बजार सोमबार ऐतिहासिक उचाइ चुमेको छ।
रोजगारको स्थित मजबुत हुनु र सेवा क्षेत्रहरुको राम्रो रिपोर्ट आउनुले एस एन्ड पी ५०० र डाउ रेकर्डस्तरमा पुगेका हुन्। नास्डकमा ११० अंकको उछाल आएको छ। रसेल २००० इन्डेक्समा ०.६ प्रतिशतले उकालो लागेको छ। योसँगै डाउ इन्डेक्स ३३१७१ विन्दु र एस एन्ड पी ५०० इन्डेक्स ३९८१ विन्दुमा पुगेका छन्।
कोरोना भ्याक्सिनको तीव्र विस्तार र अतिरिक्त सरकारी राहात प्याकेजका कारण एस एन्ड पी ५०० र डाउले अल टाइम हाई रेकर्ड बनाएका हुन्।
एस एन्ड पी ५०० का ११ मुख्य सेक्टरमध्ये १० मा उछाल आएको छ। कन्ज्युमर डिस्क्रिसनरी, इन्डस्ट्रियल, फाइनान्सियल र कम्युनिकेसन सर्भिसहरुमा सबैभन्दा बढी बढोत्तरी भएको छ। तेल उत्पादक देशहरुले उत्पादन बढाउने फैसलाले एनर्जी सेक्टरमा भने गिरावट आएको छ।
गत शुक्रबार सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा गत मार्चमा थप ९ लाख १६ हजार रोजगार पाएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago