काठमाण्डौ । प्रेम सम्बन्धलाई २७ वर्षअघि विवाहमा परिणत गरेका अमेरिकी धनाढ्य बिल गेट्स र पत्नी मेलिन्डा गेट्स अन्ततः सम्बन्धविच्छेद गर्ने भएका छन्।
सामाजिक सञ्जालमार्फत बिल गेट्स र मेलिन्डाले आफूहरुले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको जानकारी गराएका हुन्। ‘अब हामी यो सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेका छौँ’, उनीहरुले भनेका छन्।
बिल गेट्सले सन् १९७० तिर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए। सोही कम्पनीमा मेलिन्डा सन् १९८७ मा प्रोडक्ट म्यानेजरका रूपमा प्रवेश गरेकी थिइन्। त्यसपछि बिल गेट्स र मेलिन्डाबीच प्रेम सम्बन्ध बढेको थियो। यही प्रेम सम्बन्धलाई वैधानिकता दिन यो जोडीले सन् १९९४ विवाह गरेका थिए।
बिल र मेलिन्डाले सामाजिक कार्य गर्न ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ पनि स्थापना गरेका छन्। सम्बन्धविच्छेदपछि पनि आफूहरु यो फाउन्डेसनमा सँगै काम गर्ने उनीहरुले बताएका छन्।
गेट्स दम्पतीका तीन सन्तान छन्।
फोर्ब्सका अनुसार बिल गेट्स हाल विश्वका चौथा धनव्यक्ति हुन्। उनको सम्पत्ति १२४ अर्ब अमेरिकी डलरबराबर रहेको छ। – एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago