काठमाण्डौ। चीनको दिग्गज टेलिकम कम्पनी ‘चाइना मोबाइल’ ले ८.८ बिलियन अमेरिकन डलर (५६ बिलियन युआन)बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।
यसअघि गत जनवरीमा अमेरिकी बजार वालस्ट्रिटबाट बाहिरिन बाध्य पारिएपछि कम्पनीले सांघाई स्टक एक्सचेन्जमा आईपीओ जारी गर्ने भएको हो। हङकङ स्टक एक्सचेन्ज (जहाँ कम्पनीको सेयर कारोबार हुन्छ) मा फाइलिङ गर्ने क्रममा कम्पनीले प्रतिसेयर ९ डलर मूल्य भएको ८४५.७ मिलियन देखि ९७२.६ मिलियन नयाँ सेयर जारी गर्ने योजना रहेको जनाएको छ।
रिफिनिटिभका अनुसार यो आईपीओ यो वर्षकै सबैभन्दा ठूलो हुनेछ।
कम्पनीले आईपीओ लिस्टिङको मिति सार्वजनिक नगरे पनि सांघाईमा यथाशीघ्र डेब्यू गर्ने योजना रहेको जनाएको छ।
वर्षको सुरुआतमा चाइना मोबाइलसँगै चीन सरकारको स्वामित्वका अन्य दुईवटा टेलिकम कम्पनीहरु–चाइना टेलिकम र चाइना युनिकमलाई न्युयोर्क स्टक एक्सचेन्जबाट निकालिएको थियो। ट्रम्प प्रशासनले चिनियाँ सेनासँग सम्बन्ध भएका कम्पनीहरुमा अमेरिकी लगानीलाई प्रतिबन्ध लगाएपछि यी कम्पनीहरुलाई न्युयोर्क स्टक एक्सचेन्जबाट हटाइएको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत जुन महिनामा प्रतिबन्ध लम्बाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपश्चात चीनको दोस्रो ठूलो टेलिकम कम्पनी चाइना टेलिकम सांघाईमा सूचीकृत भएको छ। कम्पनीले सेयर लिस्टिङबाट उठाएको ७.३ बिलियन डलर यो वर्षकै सबैभन्दा ठूलोमध्ये एक हो।
यस्तै चाइना युनिकम पनि सांघाई र हङकङमा कारोबारमा आइसकेको छ।
गत साता चाइना मोबाइलले सांघाईमा सूचीकृत हुनका लागि नियामक निकायबाट अनुमित प्राप्त गरिसकेको जनाएको थियो।
गत अगस्टमा कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त रकम फाइभजीको क्षमता अभिवृद्धि गर्न तथा पूर्वाधार र स्मार्ट होम प्रोजेक्टमा लगानी गर्ने जनाएको थियो।
विश्वको वायरलेस टेक्नोलोजीको दौडमा अघि रहने चीनको महत्वाकांक्षालाई जीवित राख्नका लागि चाइना मोबाइल महत्वपूर्ण रहेको छ। चीन आफ्नो फाइभजी बेस स्टेसनको संख्यालाई सन् २०२५ सम्ममा तीन गुणा पुर्याउन चाहन्छ। जसले चीनको कुल जनसंख्याको आधि जनसख्यालाई समेट्नेछ।
चीनको सरकारी आँकडाअनुसार चिनियाँ टेलिकम कम्पनीहरुले देशभर १० लाखभन्दा बढी फाइभजी बेस स्टेसनहरु निर्माण गरिसकेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago