काठमाण्डौ । जर्मन बैंक ड्युसले फेडरल रिजर्भका कारण अमेरिकी अर्थतन्त्रमा ठूलो आर्थिक मन्दी आउने चेतावनी दिएको छ।
केही महिनाअघि अमेरिकामा आर्थिक मन्दीको पूर्वानुमान गर्ने ड्युस पहिलो बैंक हो। तथापि बैंकले त्यतिबेला सामान्य मन्दीको मात्रै पूर्वानुमान गरेका थियो।
बैंकका अनुसार मुख्य समस्या भनेको जब मुद्रास्फीति चरम अवस्थामा हुनेछ तब फेडरल रिजर्भको २ प्रतिशतको लक्ष्य हासिल गर्नुपूर्व लामो समय लाग्नेछ। यसले फेडरल रिजर्भले ब्याजदर आक्रामक रुपमा वृद्धि गर्ने र अर्थतन्त्र प्रभावित बन्ने बैंकले जनाएको छ।
फेडरल रिजर्भले कडा कदमहरु चाल्ने र मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन गहिरो मन्दी आवश्यक पर्ने भएकाले अब आउने मन्दी अपेक्षाभन्दा बढी खराब हुने ड्युस बैंकका अर्थशास्त्रीहरुले बताएका छन्।
अमेरिकामा गत मार्च महिनामा उपभोक्ता मूल्य ८.५ प्रतिशतले वृद्धि भएको छ। जुन बितेको ४० वर्षकै सबैभन्दा उच्च हो। श्रम बजारको अवस्था पनि कमजोर देखिएको छ। मुडिज एनालेटिक्सले अमेरिकामा बेरोजगारीको दर सन् १९५० पछिकै निम्न स्तरमा झर्ने प्रक्षेपण गरेको छ।
ड्युस बैंकले आर्थिक मन्दीको पूर्वानुमानका लागि एउटा सूचकांक बनाएको छ। जसले विगतको ६० वर्षदेखिको मुद्रास्फीति र बेरोजगारीबीचको दूरीलाई पछ्याउँछ। बैंकको अनुसन्धानका अनुसार फेडरल रिजर्भ यो सूचकांक रेखाभन्दा निकै पछाडि छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19