काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चितीबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। 

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी २५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले स्पष्ट पारेको छ।