काठमाण्डौ । सुनसरीको धरानमा मुख्य कार्यालय रहेको अरुण फाइनान्सले बिक्री नभएको संस्थापक तथा सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

यो फाइनान्स कम्पनीले संस्थापक समूहतर्फको १ लाख ८० हजार ८ सय ८६ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख २५ हजार ३ सय ४७ कित्ता गरी कुल ३ लाख ६ हजार २ सय ३३ कित्ता सेयर आगामी कात्तिक १४ गतेबाट लिलामीमा राख्ने भएको हो । 

इच्छुक लगानीकर्ताले कात्तिक २२ गतेसम्म तोकिएको स्थानमा लिलामीका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लिलामीको सेयर बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । बोलपत्र आवेदन बिक्री प्रबन्धकको काठमाण्डौको जमलस्थित मुख्य कार्यालयबाट १ सय रुपैयाँ तिरेपछि पाइनेछ । बोलपत्रमा सहभागी हुन चाहनेले प्रतिकित्ताका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोक्नुपर्नेछ । यस्तै, न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुुपर्ने बताइएको छ । 

संस्थापक सेयरका लागि भने संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर आवेदनका लागि बिक्री प्रबन्धकको मुख्य कार्यालयमै पुुग्नुपर्नेछ । परेका बोलपत्रहरु कात्तिक २४ गते खोलिने सूचनामा जनाइएको छ । 

यो फाइनान्सको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम कारोबार मूल्य १६३ रुपैयाँ रहेको छ ।