काठमाण्डौ । कोरोनाभाइरसका कारण कमजोर बनेको अर्थतन्त्रलाई मजबुुत बनाउन अमेरिकाले ३४ वर्षपछि यो त्रैमासमा २० वर्षे बोन्ड जारी गर्ने भएको छ।
सन् १९८६ पछि पहिलोपटक यो बोन्ड हालको त्रैमासमा ३० खर्ब डलरको ऋण लिन जुुटाउने योजनाअन्तर्गत जारी गरिन लागेको अमेरिकी वित्त मन्त्रालयले जनाएको छ। यतिबेला कोरोनाभाइरसको नकारात्मक असरलाई कम गर्न अमेरिकाले खर्बाे डलरको खर्च गरिरहेको छ। त्यसैले अमेरिकाको वित्त मन्त्रालयलाई आर्थिक स्रोत जुुटाउन रेकर्डस्तरमा ऋण लिन आवश्यक परेको छ।
वित्त मन्त्रालयका अधिकारीहरुले मे महिनाको २० गते २० वर्षे बोन्ड जारी गर्ने बताएका छन्। यो बोन्डका माध्यमबाट २० अर्ब डलरको ऋण उठाउन प्रयास गरिनेछ।
त्यसपछि जुुन र जुुलाई महिनामा लिलामी प्रक्रियाबाट १७ अर्ब डलरको बोन्ड विक्री गरिनेछ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago