काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको भन्दै सबै पक्ष एकजुट भएर  अगाडि बढ्न आबश्यक रहेको बताएका छन्  ।

सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या रहेकोले सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्नुपर्ने बताए । 

सरकार र अर्थ मन्त्रालय मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने पनि उनले बताए ।

उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको समेत बताएका छन् ।उनले भने, ‘अन्तरराष्ट्रिय तहमै आर्थिक मन्दीको स्थिति छ, त्यसबाट नेपाल पनि अछुतो रहेको छैन । बिस्तारै हाम्रो अर्थतन्त्रमा पनि सुधार आउँछ ।’

अर्थमन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको पनि बताए ।