काठमाण्डौ । अलिबाबा क्लाउडले अबको दश महिनामा विश्वभरका कयौ देशहरुमा ५ हजार प्राविधिक कर्मचारीहरुलाई रोजगार प्रदान गर्ने भएको छ । 

यो चीनको दिग्गज ई कर्मस समूह अलिबाबा गुुप्रको सहायक कम्पनी हो । कम्पनीका अनुुसार नेटवर्क, डेटाबेस, सर्भर, चिप्स र आर्टिफिसियल इन्टलिजेन्स जस्ता क्षेत्रमा नयाँ कर्मचारी भर्ना गरिनेछ ।

अलिबाबा क्लाउडले यही वर्षको अप्रिल महिनामा अबको तीन वर्षभित्र २८ बिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीका अनुुसार यो लगानी नयाँपुुस्ताका लागि डेटा सेन्टर स्थापना गर्नका लागि गरिनेछ । 

विश्वभर अलिबाबाको ६३ वटा क्षेत्रमा डेटासेन्टर छन् । यसको अलावा कम्पनीको विश्वभर ७० वटा सेक्युुरिटी एण्ड कम्प्लायन्स सेन्टरहरु पनि छन् । 

अलिबाबा क्लाउड इन्टीलिजेन्सका अध्यक्ष जेफ झाङका अनुुसार कम्पनीले आफ्नो चिनियाँ कारोबारको डिजिटल ट्रान्सफर्मेसन कार्यलाई नयाँ वर्ष अघि नै पूूरा गर्नुपर्ने लक्ष्य लिएको छ  । तर, अब यो लक्ष्यलाई एक वर्षभित्रै पूरा गर्ने लक्ष्य लिइएको छ । झाङका अनुुसार विश्वभर कम्पनीका सबै क्षेत्रको सेवाको माग वृद्धि भएकाले कम्पनीले यो लक्ष्यलाई एक वर्षभित्र पूूरा गर्ने लक्ष्य लिएको र यसमा आफूहरु प्रतिबद्ध भएको बताएका छन् ।