– रेखा चन्द
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ट्रेजरी बिल (अल्पकालीन ऋणपत्र) मा दोहोरो अंकको ब्याजदर माग गर्ने कार्यलाई निरन्तरता दिएका छन्।
आज मंगलबार जारी भएको १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलमा बैंकहरुले ११ प्रतिशतभन्दा बढी ब्याजदर माग गरेको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गरेको हो। जसमा २८ दिनेबाहेक सबै ट्रेजरी बिलको औसतमा १० प्रतिशतमाथि ब्याज कायम भएको छ। कुल १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरीमध्ये राष्ट्र बैंकले यसपटक २ अर्ब ८० करोडको ट्रेजरीमात्रै खरिद गरेको छ।
राष्ट्र बैंकका अनुुसार २८ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी खरिदका लागि १७ बैंक तथा वित्तीय संस्थाले ६९ वटा आवेदनमार्फत ७ अर्ब ६९ करोड ५० रुपैयाँ ँबराबरको बोलकबोल पेस गरेका थिए। जसमा न्यूनतम ८.९९९४ प्रतिशत, अधिकतम १०.९७०२ प्रतिशत र औसत ९.५४७९ प्रतिशत ब्याजदरमा बैंकहरुले ट्रेजरी बिल स्वीकार गरेका छन्।
यस्तै ९१ दिनको ८ अर्ब रुपैयाँको ट्रेजरीमा बैंकहरुले सबैभन्दा धेरै ११.५००२ प्रतिशत ब्याज माग गरेका छन्। यसका लागि २३ बैंक तथा वित्तीय संस्थाले ११७ वटा आवेदनमार्फत १३ अर्ब ५८ करोड ५० रुपैयाँ बराबरको बोलकबोल पेस गरेका थिए। उक्त ट्रेजरीमा न्यूनतम ९.२४९९ प्रतिशत रहेकोमा औसत १०.१४२० प्रतिशत ब्याजदरमा बैंकहरुले ट्रेजरी किनेको विभागले जनाएको छ।
राष्ट्र बैंकका अनुसार १८२ दिने २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी खरिदका लागि १७ बैंक तथा वित्तीय संस्थाले ६६ वटा आवेदनमार्फत ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको बोलकबोल पेस गरेका थिए। जसमा न्यूनतम ९.०५६८ प्रतिशत, अधिकतम १०.३५०१ प्रतिशत र औसत १०.०६९९ प्रतिशत ब्याजदर कायम भएको छ। यो ट्रेजरी बिल पनि बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्।
यस्तै ३६४ दिने ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरीमा बैंकहरुले सबैभन्दा धेरै १०.४९८९ प्रतिशत ब्याज माग गरेका छन्। यसमा १५ बैंक तथा वित्तीय संस्थाले ६६ वटा आवेदनमार्फत ५ अर्ब १३ करोड रुपैयाँ बराबरको बोलकबोल पेस गरेका थिए। उक्त ट्रेजरीमा न्यूनतम ८.९८९१ प्रतिशत ब्याजदर रहेकोमा औसतमा १०.०५५७ प्रतिशत ब्याजदरमा बैंकहरुले ४० करोडको मात्रै खरिद गरेका छन्। बाँकी २ अर्ब ६० करोडको ट्रेजरी केन्दीय बैंकले नै किनेको छ।
भदौको पहिलो साता ट्रेजरी बिलको ब्याजदर १४ प्रतिशत पुुगेपछि राष्ट्र बैंकले नियन्त्रण गर्न हस्तक्षेप गरेको थियो। सोसँगै हालसम्म आउँदा पनि बैंकहरुले दोहोरो अंकको ब्याजदर नै माग गरिरहेको अवस्था छ।
राष्ट्र बैंकले यसबीचमा केही समय भने औसत ब्याजदरलाई एकल विन्दुमा ल्याउन सफल भएकोे थियो। तर, पछिल्लो समय पुनः औसत ब्याजदर नै दोहोरो विन्दुमा पुुगेको छ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago