काठमाण्डौ । भारतीय सेयर बजारले आज शुक्रबार नयाँ अल टाइम हाई बनाएको छ। 

सेन्सेक्स ८०३ अंकले बढेर ६४७१८मा बन्द भएको छ। निफ्टी पनि २१६ अंकको बढोत्तरीका साथ १९१८९मा बन्द भएको छ। यो सेन्सेक्ट र निफ्टी दुवैको अल टाइम हाई क्लोजिङ हो। 

कारोबार सत्रका क्रममा सेन्सेक्सले ६४७६८ र निफ्टी १९२०१ को उचाइसम्म पुगेको छ। योसँगै दुवै इन्डेक्सले नयाँ अल टाइम हाई र ५२ हप्ताकै हाईको रेकर्ड बनाएको थियो। यसअघि दुवैले गत बुधबार नयाँ उचाइ चुमेका थिए। 

भारतीय सेयर बजारमा उछाल आउनुमा ५ वटा कारण रहेका छन्। महँगी कम हुनुले बजार बढ्नमा सपोर्ट गरेको छ। कच्चा तेलको मूल्यमा गिरावट आउनु, डलरको तुलनामा भारु मजबुत हुनु, विदेशी लगानीकर्ता भारतीय बजारमा लगातार लगानी बढाउनु र भारतको विदेशी मुद्रा सञ्चिति बढ्नले बजारमा उछाल आएको जानकारहरु बताउँछन्। –एजेन्सी