काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको बिदा र कार्यालय समय असार १ गतेबाट पूर्ववत व्यवस्थाअनुसार लागू हुने भएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै २०७८ चैत ६ गते गभर्नरबाट सदर टिप्पणीअनुसारको २०७९ सालका लागि निर्धारित बैंक बिदा सूची, कार्यालय समय र बैंकिङ कारोबार समयसम्बन्धी पूर्ववत् व्यवस्था असार १ गतेबाट लागू हुने जनाएको छ।
यसअघि सरकारले जेठ महिनामा परीक्षणका रुपमा लागू लगेको सातामा २ दिन बिदा दिने निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरुको बैंक बिदा र कार्यालय तथा बैंकिङ समय फेरबदल गरिएको थियो।
सरकारले सातामा २ दिन बिदा दिने खारेज गरेसँगै राष्ट्र बैंकले पनि पूर्ववत व्यवस्थाअनुसार बैंक बिदा, कार्यालय तथा बैंकिङ समय कायम गरेको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago