काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिना सुुस्त रहेको बैंकिङ प्रणालीको निक्षेप असोजमा भने बढेको छ।
असोजमा बैंकहरुले ब्याजदरमा समेत वृद्धि गरेका थिए । यसको प्रभाव निक्षेप संकलनमा परेको थियो । ब्याजदर बढ्दा कमजोर बैंकको तुलनामा वित्तीय रुपमा सवल बैंकहरुमा निक्षेप गएको तथ्याङ्कले देखाएको छ ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) ले वाणिज्य बैंकहरुले असोजमा रु. ६२ अर्ब निक्षेप थपेका छन् । यो महिना निक्षेप थप्ने कार्यमा नवील बैंकले सबैलाई उछिनेको छ । नवीलमा एक महिनाको अवधिमा मात्रै झण्डै ८ अर्ब अर्थात ७ अर्ब ९७ करोड रुपैयाँ निक्षेप थपिएको छ। भदौमा कुुल ३ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ निक्षेप रहेकोमा असोजमा वृद्धि भएर ३ खर्ब ३९ अर्ब ३३ करोड रुपैयाँ पुुगेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकमा असोजमा ७ अर्ब २ करोड रुपैयाँ निक्षेप थपिएको छ। एनबीएका अनुुसार भदौमा यस बैंकमा कुल निक्षेप १ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो। असोज महिनामा बढेर १ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक तथ्याङ्कअनुसार ग्लोबल आईएमई बैंकमा असोजमा मात्रै ६ अर्ब २ करोड रुपैयाँ निक्षेप थपिएको छ। भदौमा २ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेकोमा असोजमा बढेर २ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुुगेको छ।
यही अवधिमा प्रभु बैंकमा ५ अर्ब ३ करोड रुपैयाँले निक्षेप बढेको छ। बैंकसँग भदौमा कुुल निक्षेप १ खर्ब ६८ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको थियो। असोजमा बढेर १ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ पुुगेको छ।
एनबीएका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा असोजमा ४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप थपिएको छ। भदौमा २ खर्ब ५६ अर्ब ७७ करोड रुपैयाँ निक्षेप रहेकोमा असोजमा बढेर २ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ पुुगेको तथ्याङ्कमा उल्लेख छ।
त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पनि भदौको तुुलनामा असोजमा ४ अर्ब ३ करोड रुपैयाँ निक्षेप बढेको छ। बैंकमा भदौमा कुल निक्षेप १ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा असोजमा बढेर १ खर्ब ९ अर्ब ३० करोड रुपैयाँ पुुगेको छ।
असोजमा सिटिजन्स बैंकमा ४ अर्ब ४७ करोड रुपैयाँले निक्षेप वृद्धि भएको छ। एनबीएको तथ्याङ्क अनुसार बैंकको भदौमा १ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ निक्षेप रहेकोमा असोजमा बढेर १ खर्ब ५६ अर्ब ५६ करोड रुपैयाँ छ।
यता कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेन्चुुरी, सिभिल बैंकलगायतले भने ४ अर्ब रुपैयाँ मुनि निक्षेप संकलन गरेका छन्।
तर, भदौको तुुलनामा झण्डै आधा दर्जन बैंकको निक्षेप भने घटेको छ। कुमारी, एनआईसी एशिया, एभरेष्ट, एनएमबी, सनराईज बैंकको निक्षेप घटेको हो। एनबीएले असोजमा सबैभन्दा धेरै सनराईज बैंकबाट २ अर्ब ८६ करोड रुपैयाँ निक्षेप घटेको जनाएको छ। बैंकमा भदौमा कुल निक्षेप १ खर्ब ३१ अर्ब २४ करोड रुपैयाँ निक्षेप रहेकोमा असोजमा घटेर १ खर्ब २८ अर्ब ३८करोड रुपैयाँमा सीमित भएको छ। सो अवधिमा एनएमबी बैंकबाट १ अर्ब ६५ करोड रुपैयाँ घटेको छ।
यस्तै, एनआईसी एशियाबाट ७४ करोड, कुमारीबाट ७३ करोड र एभरेष्टबाट १५ करोड रुपैयाँ निक्षेप घटेको छ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago