काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आगामी असोज १ गतेदेखि १ बराबर १ को अनुपात(१०० प्रतिशत)मा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले बुधबार एक सूचना प्रकाशित गर्दै असोज १ गतेदेखि खुल्ने हकप्रदमा कात्तिक ५ गतेसम्म तोकिएका स्थानमा आवेदन दिन सकिने जनाएको हो । 

जेबिल्सले एकसय रुपैयाँ अंकित दरका २८ लाख ८९ हजार ५ सय ६२.५० कित्ता हकप्रद बिक्रीका लागि खुल्ला गर्न लागेको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमीटेड रहेको छ । इच्छुक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीस्थित बिक्री प्रबन्धकको मुख्य कार्यालय, जेबिल्स फाइनान्सको काठमाण्डौ(न्यूरोड)स्थित मुख्य कार्यालय, सनराइज बैंक लिमीटेडका विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, नारायणगढ लगायतका ठाउँबाट हकप्रदका लागि खरीद आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी २८ करोड ८९ लाख रहेको छ । हकप्रदपछि चुक्तापूँजी ५७ करोड ७९ लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ५७ करोड ७९ लाख रहेको छ । कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको पूँजी संरचना अनुपात ५१ः४९ प्रतिशत रहेको छ ।