काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई आर्थिक अवस्था कमजोर भएका ४३ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको  छ । 

सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई अस्पतालको ४३ औं वार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।