काठमाण्डौ । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् ।
विश्वकप फुटबलको २१ औं संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सबै यो उत्सवमा सहभागी हुनसक्नेछन् ।
आइएमई लिमिटेड एवम् आइएमई पेका आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जूनदेखि १५ जुलाई २०१८ सम्म संचालन हुनेछ ।
सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै १,००० (एक हजार) प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ ।
थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलनलागिथप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ । अधिक संख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर दिइने बताइएको छ ।
प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सही उत्तर दिनुहुने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुने बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago