काठमाण्डौ । कतारस्थित रिया मनी ट्र«ान्सफरको सञ्जालमा आबद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार पाउने आईएमईका सेवाग्राही ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । 

क्षेत्रीले गत महिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको व्यवसायिक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तान भएको थियो ।

आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरेका हुन् ।

स्थापनाकालदेखि नै रेमिटान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउँदै आएको आइएमईले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।