काठमाण्डौ । आइएमई ग्रपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंक बीच ‘आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्वार्थ बैंक लिमिटेडको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकले चाडै नै सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ । साथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago