काठमाण्डौ । आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा बुधबार काठमाण्डौको लैनचौर बैङक्वेट्समा सम्पन्न भयो ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालयसहित  ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

कम्पनीले आम मानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु  कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी गराए ।

वार्षिक साधारणसभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको आर्थिक वर्ष २०७३/७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेके बताइएको छ ।

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वरकुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको बताइयो ।

बुधबार नै बसेको संचालक समितिको वैठकले डा. रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर्यो ।