काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले ७ वटै प्रदेश शाखा कार्यालहरुका लागि ब्रान्च म्यानेजर र ब्रान्च सपोर्ट असोसियट पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत बसन्तपुर,बुधबारे,गौरादह र सोलुखुम्बु शाखा कार्यालय,मधेश प्रदेश अन्तर्गत बर्दिबास,चन्द्रपुर र जलेश्वर, बाग्मति प्रदेश अन्तर्गत चौतारा,धार्के,गैँडाकोट,कपन,पनौति,फार्पिङ र सुन्दरीसजल ,गण्डकी प्रदेश अन्तर्गत चामे र गलकोट ,लुम्बिनी प्रदेश अन्तर्गत लमही सन्धीखर्क र रामपुर(पाल्पा),कर्णाली प्रदेश अन्तर्गत डोल्पा,हुम्ला,कालिकोट र मेहकुना र सुदुरपश्चिम प्रदेश अन्तर्गत कोल्टी भुरीगाँउ र राजापुर शाखा कार्यालयहरुका लागि ब्रान्च म्यानेजर पदका लागि कर्मचारी मागेको हो । 

यो पदका लागि स्नातक  गरेको हुनुपर्नेछ र इच्छुक आवेदकले जीवन बीमाको बिक्री,बैंकिङ,लघुवित्त र सहकारीमा काम गरेको अनुभव हुनुपर्नेछ । यो पदका लागि आवेदकको उमेरको २३ देखि ३५ वर्षको हुनुपर्नेछ । 

त्यस्तै ब्रान्च सपोट(अप्रेशनल) असोसियट पदका लागि बीमा क्षेत्रमा कम्तिमा ६ महिना काम गरेको अनुभव हुनुपर्नेछ । यो पदका लागि आवेदकको उमेर २८ वर्ष नकटेको हुनुपर्नेछ । 

इच्छुक आवेदकले आगामी माघ १७ गतेसम्म आवेदन दिनुपर्नेछ ।