काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

ललितपुरको कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष अध्यक्ष ढकालले सपथ ग्रहण गरेका हुन्। ढकालले बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे। 

सोही अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ढकाललाई सफल कार्यकालका लागि शुभकामना दिए।