काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म बयोधा हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । 

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटलाइजेसन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।