काठमाण्डौ । हाम्रो विकास बैंकले आइतबारदेखि २ सय प्रतिशत(१ बराबर २)को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ३० लाख ५८ हजार ३ सय ३८ कित्ता सेयर सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो । 

इच्छुक सेयरधनीले आगामी असार ११ गतेभित्र हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो बैंकको हकप्रदका लागि बुक क्लोजको मिति बैशाख ११ लाई तोकिएको थियो । यसको अर्थ बैशाख १० गतेभित्र बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछ । 

एनआइबिएल क्यापिटल लिमीटेड यो बैंकको हकप्रद बिक्री तथा निश्कासन प्रबन्धक तोकिएको छ । 

इच्छुक सेयरधनीले लाजिम्पाटस्थित एनआइबिएल क्यापिटल लिमीटेडको मुख्य कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालय र हाम्रो विकास बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् । 

यो बैंकको हालको चुक्तापूँजी १५ करोड २९ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ४५ करोड ८८ लाखको उचाईमा पुुग्नेछ ।