काठमाण्डौ । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिटान्स मुलुक भित्र्याउँदै आएको प्रतिष्ठित रेमिटान्स कम्पनी आई पे रिलायबल रेमिटान्स र माछापुच्छ्रे बैकबीच रेमिटान्स सम्झौता भएको छ । 

विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंक लिमीटेडको शाखाबाट भुक्तानी  लिनसक्ने छन् । 

विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिटान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिटान्स भित्र्याउँदै आएको छ । 

आई पे रिलायबल रेमिटान्सको नेपालभर ३५ सय भन्दा बढी भुक्तानी काउण्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुँच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउण्टरहरुबाट ग्राहकहरुले भुक्तानी  लिन सक्ने छन् ।