काठमाण्डौ । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र नेपालको मेगा बैंक नेपाल लिमिटेड बीच रेमिट्यान्स सम्झौता भएको छ ।

विदेशबाट आई पे मार्फत पठाएको पैसा मेगा बैंक नेपाल लिमिटेड को सम्पूर्ण शाखाहरुबाट ग्राहकहरुले आफूलाई पायक पर्ने मेगा बैंक नेपाल लिमिटेडको शाखाबाट भुक्तानी  लिन सक्ने छन् । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।  

आई पे रिलायबल रेमिट्यान्स को नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टरहरुबाट ग्राहकहरुले भुक्तानी  लिन सक्ने छन् ।