काठमाण्डौ । आइसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १९ करोड ५२ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष यसतो नाफा १४ करोड ६८ लाख मात्र थियो । यो फाइनान्स लागत खर्च डरलाग्दो गरी वृद्धि भएका कारण अपेक्षित नाफा हुन नसकेको हो । 

फाइनान्सले यो अधिमा ६ अर्ब ७९ करोड निक्षेप संकलन गरी ५ अर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ९६ करोड निक्षेप संकलन गरी ४ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष २७ करोड ७८ लाख रुपैयाँमा सीमित रिजर्भ यो वर्ष बढेर ३५ करोड ५८ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा फाइनान्सले ३२ करोड ७६ लाख खूद ब्याज आम्दानी गरेको छ, अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २५ करोड ६९ लाख मात्र थियो । 

आइसीएफसी फाइनान्सको कस्ट अफ फण्ड(लागत खर्च) भने डरलाग्दो गरी वृद्धि भएको छ । अघिल्लो वर्ष ५.१० प्रतिशतमा सीमित लागत खर्च बढेर यो वर्ष ८.५३ प्रतिशतमा पुुगेको छ । 

यो अवधिमा फाइनान्सको प्रतिसेयर आम्दान ि२४.३६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४४.३८ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १०९३.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८२ गुणा कायम भएको छ ।