काठमाण्डौ । पहिलोपटक आइसीएफसी फाइनान्सले जारी गरेको ऋणपत्रमा सर्वसाधारण आवेदकहरुबाट ओभरसब्सक्राइब भएको छ । 
सर्वसाधारणका लागि छुट्याइएको ७६ हजार कित्ता ऋणपत्रमा आवश्यकताभन्दा बढी डिबेन्चरका लागि आवेदन परेकाले आज फागुन १६ गते(बैंकिङ समय पश्चात्) आवेदन लिने कार्य बन्द गरिएको फाइनान्सले जनाएको छ । 
वाणिज्य बैंकहरुले मात्र निष्कासन गर्दै आएको ऋणपत्र पहिलोपटक आइसीएफसी फाइनान्सले गत फागुन १३ गतेदेखि निष्कासन गरेको थियो । 
ऋणपत्रमा छिटोमा फागुन १६ गतेभित्र र ढिलोमा फागुन २७ गतेभित्र आवेदन दिइसक्नुपर्ने बताइएको थियो । 
यो कम्पनीले निश्कासन गरेको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज पाइने भएका कारण सबैको ध्यान तानिएको हो । सबैलाई आकर्षित गरेको यो कम्पनीको ऋणपत्रलाई धितोपत्र बोर्डले करिब एक महिनाअघि निश्कासनको स्वीकृति दिएको थियो । 
नेपालको इतिहासमै “क” वर्गका वाणिज्य बैंकहरु पश्चात् नेपाल राष्ट्र बैंंकबाट अनुमति प्राप्त गरी डिवेञ्चर निष्कासन गर्ने पहिलो वित्तीय संस्थाको रुपमा आइसीएफसी फाइनान्स लिमिटेडले इतिहास बनाएको छ । 
यो फाइनान्स कम्पनीले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गरेको हो ।  
यो कम्पनीको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
आधारमा बिक्री गरिनेछ । 
सात वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १२ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुने बताइएको छ ।
अहिले बजारमा ऋणपत्र निश्कासन गर्ने वाणिज्य बैंकहरुले वार्षिक अधिकतम १०.२५ प्रतिशतसम्म ब्याज अफर गरेका छन् । तर, यी सबै विकल्पभन्दा धेरै अर्थात वार्षिक १२ प्रतिशत ब्याज पाइने गरी फाइनान्सले ऋणपत्र निष्कासन गरेको कारणले समेत सर्वसाधारणको अधिक आवेदन परेको हो ।