काठमाण्डौ । आइसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ ।
फाइनान्सको असोज २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
घोषित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ ।
हाल यो फाइनान्स कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँ रहेको छ । यस हिसाबले कम्पनीले १० करोड २४ लाख २६ हजार ५८० रुपैयाँ बराबरको बोनस सेयर र ४ करोेड ९ लाख ७० हजार ६३२ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago