काठमाण्डौ । चौथौं आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड एण्ड कन्क्लेभ सम्पन्न भएको छ ।
इण्डियन चेम्बर अफ कमर्सको आयोजना तथा इन्स्योरेन्स इन्स्टिच्युट नेपाल एशोसिएशन पार्टनरको भूमिकामा रहेको उक्त अवार्ड समारोह २२ नोभेम्बरदेखि २३ नोभेम्बरमा मुम्बईको बान्द्रास्थित ताज ल्याण्ड्स इन्ड्समा सम्पन्न भएको हो ।
उक्त सम्मलेनमा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमाकर्मीहरुको सहभागीता रहेको थियो ।
जीवन बीमा कम्पनी तर्फबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सका सीईओ प्रकाश बिक्रम खत्री, सिटिजन लाइफका सीईओ पोषकराज पौडेल, आइएमई लाइफका सीईओ कवि फुयाल, नेपाल लाइफका सीईओ प्रविणरमण पराजुली, मेट लाइफ इन्स्योरेन्सको तर्फबाट एक प्रतिनिधिको सहभागिता रहेको थियो ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीका तर्फबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ बिजयबहादुर शाह, दि ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स, एसोसियन पार्टनरको रुपमा रहेको इन्स्योरेन्स इन्स्टिच्युट नेपालका सचिव गणेश शर्मा र फेडेरल रि- इन्स्योरेन्स ब्रोकरको तर्फबाट समेत सहभागिता थियो ।
उक्त सम्मेलनमा प्यारामिटर मूल्यांकनको आधारमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अवार्ड समेत प्राप्त गरेका थिए । साथै सो समारोहमा बीमा सम्बन्धी इमर्जिङ बिजनेस मोडल, बिमस्टेक देशहरुबीच अनुभव तथा ज्ञान आदानप्रदान भएको थियो । यसका साथै इमर्जिङ रिस्क र डिजिटलाइजेसनको बारेमा समेत छलफल भएको थियो ।
सम्मेलनमा सूर्यज्योति लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, मेट लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, रि इन्स्योरेन्स ब्रोकरबाट फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सले इन्नोभेसन, विजनेस ग्रोथ, अवयरनेस र वेष्ट सिस्टमको आधारमा अवार्ड प्राप्त गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago