काठमाण्डौ । आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीको कैलाली जिल्लाको लम्की शाखाले लम्कीचुहा नगरपालिका १, कुन्टिखेत  का मृतक बीमित विकाश भण्डारीको परिवारलाई १० लाख ७१ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

कम्पनीले उक्त रकम मृतक बीमितकी आमा दुर्गा भण्डारी र पत्नी ममता बिष्टलाई  संयुक्त रूपमा प्रदान गरेको हो । कम्पनीका सुदुर पश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सिना  र लम्की चुहा नपा १ का वडा अध्यक्ष नेत्र प्रसाद खनालले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् । 

बीमा रकम बुझेपछि मृतक बीमतिकी पत्नी ममता विष्टले कम्पनीलाई लाई धन्यवाद  दिइन । । आईएमई लाईफ लम्की शाखा प्रमुख बल बहादुर थापा द्वारा संञ्चालन गरिएको उक्त कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सिना, क्षेत्रिय शाखा प्रमुख तुल्सी देबकोटा , एजेन्सी मेनेजर भिम बहादुर शाही, एजेन्सी मेनेजर मिना बिष्ट , एजेन्सी ममता बिष्ट, पत्रकार गणेश रावल र थुप्रै स्थानियहरु को उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

मृतक विकाश भण्डारीले २०७८ पुष ३० गते २० वर्षे अवधिको ५ लाख १० हजार बीमांक रकम को आइएमई सरल जिवन बीमा  र छोरा इसान भण्डारीको नाममा २०७९ वैशाख ११ गते  २० वर्षे अवधिको तीन लाख बीमांक रकम को  आईएमई बाल उज्ज्वल जिवन  बीमा योजना खरिद गरेका थिए । 

बीमा जारी भएपश्चात भणडारीको गत मंसिर ९ गते सडक दुघर्टनामा दुखद निधन भएको  थियो।