काठमाण्डौ। विश्वका आधाभन्दा बढी देशहरुले कोरोना महामारीले निम्ताएको आर्थिक संकटसँग जुुध्न अन्तर्राष्ट्रिय मुुद्रा कोष (आईएमएफ) सँग आपतकालीन ऋणको माग गरेका छन्।
आइएमएफकी म्यानेजिङ डाइरेक्टर क्रिस्टिलिना जर्जिवालाका अनुुसार अहिलेसम्म विश्वका १०० भन्दा बढी देशहरुले आपतकालीन सहयोगका लागि माग गरेका छन्। उनले आईएमएफ आफ्नो पूर्ण क्षमताको टुुलबक्स र एक ट्रिलियन फायर पावरको ऋण क्षमता प्रयोग गर्न तयार रहेको बताइन्। यसका साथै उनले विश्वका १० देशले आपतकालीन कोष पाइसकेको र बाँकी रहेका आधा देशहरुले आफूले आग्रह गरेको वित्तीय लाइफलाइन अप्रिलको अन्त्यसम्म पाइसक्ने बताएकी छन्।
कोरोनाको महामारीका कारण विश्वको अर्थतन्त्र सन् १९३० पछि कै सबैभन्दा धेरै खराब अवस्थामा पुुग्ने प्रक्षेपण बाहिरिएपछि उनको यस्तो अभिव्यक्ति बाहिरिएको हो। “हामीले अपनाउन सक्ने सबै उपायहरु टेबलमै छन्”, उनले भनिन्। यसका साथै विश्वका केन्द्रीय बैंकहरुलाई जतिसक्दो खर्च गर्न हौसला दिइरहेका छौँ तर यसको रसिद भने राख्ने गर्नुुस। हामी यो संकटको बेला पारदर्शिता, उत्तरदायित्व र जबाफदेहीता पनि चाहन्छौँ।”
क्रिस्टिलिनाले सीएनबीसीसँगको अन्तर्वार्तामा विश्वका देशहरुलाई आफ्ना डाक्टर र स्वास्थ्य सेवामा संलग्न भएकालाई उनीहरुको उचित पारिश्रमिक दिन, देशको स्वास्थ्य प्रणालीलाई सुुदृढ बनाउन र धेरै जाखिममा भएकालाई पहिले उपचार र संरक्षण गर्न आग्रहसमेत गरेकी छन्।
आईएमएफले मंगलबार सन् २०२० मा विश्वको जीडीपीमा ३ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago