काठमाण्डौ । आउँदो वर्ष २०७९ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले शनिबारबाहेक थप ४४ दिन बिदा पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले आउँदो वर्षको बिदासम्बन्धी सूचना आज सार्वजनिक गरेको हो। जसअनुसार शनिबारबाहेक आउँदो वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ४४ दिन बिदा पाउनेछन्। जसमा काठमाण्डौ उपत्यकामा मात्रै र सरकारले पछि निर्णय गरेबमोजिम हुने बिदाहरु पनि समावेश गरिएका छन्।
आउँदो वर्ष दसैँमा ६ दिन र तिहारमा ५ दिन बैंकमा बिदा दिइएको छ।
यसैगरी बैंकका कर्मचारीले प्रत्येक शुक्रबार आधा दिन बिदा पाउनेछन्।
सार्वजनिक बिदाबाहेक २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ।
यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ।
शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कामकारबाही हुनेछ।
त्यस्तै सार्वजनिक बिदाबाहेक वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म बैंकिङ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुला रहनेछ।
यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो मध्याह्न १२ः३० बजेसम्म कामकारबाही हुनेछ।
प्रदेश सरकारले आआफ्नो प्रदेशमा घोषणा गरेको सार्वजनिक बिदाका दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सावर्जनिक बिदा हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19