काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा २५ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २० करोड ६७ लाख आर्जन गरेको थियो । 

यो बिमा कम्पनीले जगेडाकोषमा १०० प्रतिशत भन्दा बढीको छलांग मारेको छ । अघिल्लो वर्षसम्म १५ करोड ७१ लाख रुपैयाँमा सीमित यस्तो कोष समीक्षा अवधिमा बढेर ३१ करोड ५६ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा यो बिमा कम्पनीले ७१ करोड ६४ लाख खूद बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५३ करोड ९१ लखमा सीमित थियो । समीक्षा अवधिमा पुनर्बिमा कमिसनबाट १७ करोड १२ लाख, लगानी, कर्जा तथा अन्यबाट ३ करोड ६९ लाख आम्दानी भएको थियो । 

अघिल्लो वर्ष यही अवधिमा पुनर्बिमा कमिसनबाट १५ करोड ५२ लाख र लगानी, कर्जा तथा अन्यबाट ३ करोड ९२ लाख आम्दानी भएको थियो । 

समीक्षा अवधिमा यो बिमा कम्पनीले ४० करोड ४८ लाख दाबी भुक्तानी गरेको छ, अघिल्लो वर्ष यस्तो भुक्तानी ४७ करोड ३२ लाख थियो । 

अघिल्लो वर्ष ३ करोड रहेको अभिकर्ता कमिसन खर्च बढेर ३ करोड ६५ लाख पुुगेको छ । 

समीक्षा अवधिमा कुल बिमाशुल्कतर्फको आर्जन १ अर्ब ४० करोड रुपैयाँ रहेको यो बिमा कम्पनीमा बिमालेखको संख्या ६३ हजार ६सय ५७ पुुगेको छ । अघिल्लो वर्षसम्म बिमालेखको संख्या ४८ हजार ३ सय ७३ थियो । एकैवर्षमा बिमालेखको संख्यामा १५ हजार २ सय ८४ ले बढाउनुु समेत यो कम्पनीको बलियो पक्ष देखिएको छ । यो कम्पनीको बिमा कोष स्थिर छ । 

यो अवधिमा सगरमाथा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४७.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३६.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.५४ गुणा कायम भएको छ ।