काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आगामी दिनमा बैंकले ३० प्रतिशतसम्मको रिटर्न दिन नसक्ने प्रष्ट पार्दै त्यस्तो सपना त्याग्न सेयरधनीलाई आग्रह गरेका छन् ।
बैंकको ३३ औं वार्षिक साधारणसभामा सेयरधनीहरुले यो वर्ष बैंकले कम लाभांश दिएको गुनासो गरेपछि त्यसको जवाफ दिने क्रममा पुराना बैंकर समेत रहेका पाँडेले यस्तो आग्रह गरेका हुन् ।
‘मुद्धतीमा १० प्रतिशत ब्याज पाइने मुलुकमा १९–२० प्रतिशतको रिटर्न राम्रो हो ।’ बैंकले गत आर्थिक वर्षका लागि दिएको लाभांशको विषयमा प्रष्टीकरण पेश गर्दै भने–‘अबका वर्षहरुमा ३० प्रतिशत भन्दा माथिको रिटर्न आउने सपना नदेख्नुहोला । यो असंभव छ ।’
उनले नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र नभई समग्र बैंकहरुकै रिटर्न अन इक्वीटी घट्ने क्रममा रहेको उल्लेख गर्दै राष्ट्रबैंकको अहिलेको स्प्रेड नीति कायम रहेमा र बैंकहरुको खर्च मात्र बढाउने कतिपय नीति संसोधन नभए आगामी वर्षदेखि बैंकहरुले १० प्रतिशत हाराहारीमा रिटर्न दिन पनि हम्मे हम्मे पर्ने दाबी गरे ।
पाँडेद्वारा व्यक्त विचारको पूर्ण अंशमा आधारित विशेष रिपोर्ट केहीबेरपछि ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19