काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। 

केन्द्रीय बैंकले साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्मका २० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याएको हो।

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप पनि रहेको छ। यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। 

नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने मध्य भागमा दुईवटा बाह्रसिंगाको चित्र छ।