काठमाण्डौ । कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडको सर्वसाधारण समूहतर्फको १४ हजार ५ सय ६५ कित्ता अबितरित सेयर लिलामीबाट बिक्री हुने भएको छ । 

मंसिर १५ गते(आज)देखि यो बैंकको अबितरित सेयर लिलामीको प्रक्रियाबाट खरीदका लागि शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । इच्छुक सेयरधनीले मंसिर २६ गतेभित्र तोकिएका स्थानमा बोलपत्र पेश गर्न सक्ने बताइएको छ । 

यो बैंकले असार ३० गतेदेखि भदौ १ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । सो क्रममा बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्न लागिएको हो । 

इच्छुकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य राखी तथा न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् । 

बैंकको सेयर लिलामी प्रक्रियामा ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धक रहेको छ । 

इच्छुकले ग्लोबल आइएमई क्यापिटलको जमलस्थित मुख्य कार्यालय, ग्लोबल आइएमई बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज र सुर्खेतस्थित शाखा कार्यालय र कञ्चन डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयहरुबाट बोलपत्र पेश गर्न सक्नेछन् ।