काठमाण्डौ । पूँजी वृद्धिको चटारोमा रहेको नेपाल एसबीआई बैंकले आजदेखि ४० प्रतिशत हकप्रद बिक्री गर्दैछ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको हकप्रद आफ्ना सेयरधनीका लागि आइतबारदेखि बिक्री खुल्ला गरेको हो । 

कुल १ अर्ब ९९ करोड मूल्यको सेयर बिक्रीका लागि खुल्ला गरिएको र इच्छुक सेयरधनीले आजदेखि आगामी असार ४ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो बैंकको हकप्रदका लागि बुक क्लोजको मिति बैशाख १५ लाई तोकिएको थियो । यसको अर्थ, बैशाख १३ गतेसम्म बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । 

नेपाल एसबीआई बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड तोकिएको छ । 

हाल यो बैंकको चुक्तापुँजी ४ अर्ब ९७ करोड रहेको छ र ४० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापूँजी ६ अर्ब ९७ करोडको उचाईमा पुुग्नेछ । यो बैंकको अधिकृत पूँजी १० अर्बको छ ।