काठमाण्डौ । साउदी अरबले आज (मे ३०) बाट ११ देशमा लगाउँदै आएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि साउदी अरबले कुल २० देशबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो। तीमध्ये ११ वटा देशको हालको कोरोना संक्रमणको परिस्थितिलाई ध्यानमा राखेर यात्रा फुकुवा गरिएको साउदी अरबको गृह मन्त्रालयका एक अधिकारीले उल्लेख गरेका छिन्।
समाचार एजेन्सी एसपीएका अनुसार साउदी अरबले यूएई, जर्मनी, अमेरिका, आयरल्यान्ड, इटली, पर्चुगल, बेलायत, स्विडेन, स्विट्जरल्यान्ड, फ्रान्स र जापानबाट हुने यात्रा फुकुवा गरेको छ। यद्यपि यी देशबाट साउदी अरब आउनेहरु अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्नेछ।
यसै महिनाको सुरुआतमा साउदीले अन्तर्राष्ट्रिय उडानको सुरुआत गरेको थियो। साउदीको राष्ट्रिय एयरलाइन्सले कुल ४३ अन्तर्राष्ट्रिय गन्तव्यका लागि उडान सुरु गरेको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago