रकाठमाण्डौ । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत निर्जीवन बीमा कारोबार आज (फागुन २९ गते)बाट सुरु भएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो। यी दुई कम्पनी १००ः८० को स्वाप रेसियोमा मर्जरमा गएका हुन्।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चैत मसान्तभित्र चुक्त पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो। सगरमाथाको चुक्तापुँजी १ अर्ब ३३ करोड रुपैयाँ र लुम्बिनी जनरलको एक अर्ब ३१ करोड रुपैयाँ थियो। मर्जरपछि यी कम्पनीको चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
मर्जरपछि बनेको कम्पनीको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल रहनेछन्। प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सगरमाथा इन्स्योरेन्सका चंकी क्षेत्रीले सम्हाल्नेछन्।
निर्जीवन बीमा कम्पनीमा मर्जरपछि एकीकृत कारोबार गर्ने चौथो कम्पनीमा सगरमाथा लुम्बिनी जनरल छ। यसअघि हिमालयन र एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर तथा सानिमा र जनरल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेका छन्।
यी दुई कम्पनीले गत असार २९ गते मर्जर जाने प्रारम्भिक सम्झौता भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19