काठमाण्डौ । एलन मस्कले आज माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो परिवर्तन गर्न लागेका छन्। 

आज साँझदेखि ट्विटरको लोगो ‘एक्स’ हुनेछ। मस्कले ट्विटर स्पेसमा ग्रेग नामका प्रयोगकर्तासँगको कुराकानीमा यसको पुष्टि गरेका हुन्। मस्कलाई सोधियो कि उनी साँच्चै ट्विटरको लोगो परिवर्तन गर्न जाँदैछन्। उनले यसको सकारात्मक जबाफ दिएका छन्। 

यतिमात्र होइन अब एक्स डट कम खोलेपछि पनि ट्विटर खुला हुनेछ। 

यससँगै मस्कले ट्विटरमा एउटा पोल क्रिएटर गरेर लेखेका छन्, ‘डिफल्ट प्लेटफर्मको कलर ब्ल्याकमा परिवर्तन गर्नुहोस्।’ 

यो पोलमा १९ लाखभन्दा बढीले मतदान गरेका छन्। अधिकांश मानिसले अहिलेसम्म कालो र सेतोबीच कालो रोजेका छन्। 

सन् १९९९ देखि एलन मस्क अक्षर ‘एक्स’सँग जोडिएको छ। त्यतिबेला उनको एउटा कम्पनीको नाम एक्स डट कम  थियो।

मस्कले एउटा भिडियो सेयर गरेका छन्। जसमा ट्विटरको लोगो एक्समा परिवर्तन भएको देखिन्छ। यससँगै उनले लेखेका छन्, ‘यदि आज राति राम्रो एक्स लोगो पोस्ट गरिनेछ भने भोलि विश्वव्यापी रुपमा यसलाई लाइभ गर्नेछौँ।’ 

मस्कले अर्को ट्विटमा लेखेका छन्, ‘चाँडै हामी ट्विटर ब्रान्ड र विस्तारै सबै पन्छीहरुलाई अलबिदा गर्नेछौँ।’ –एजेन्सी