काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

आज जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ४ वटै कम्पनीले पुस १८ गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आजसम्म(पुस १७ गते) सम्म कायम सेयरधनी मात्रै यी कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुने योग्य हुनेछन् । 

जीवन विकास लघुवित्तले गत आर्थिक वर्षका लागि १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद(कर प्रयोजनका लागि),कालिका पावरले १० प्रतिशत बोनस सेयर र ०.५२ नगद,युनिर्भल पावर कम्पनीले ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ नगद र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएले) ५.२६३ नगद लाभांस वितरणको घोषणा गरेका छन् ।    

लाभांस वितरणको प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्त,यूनिर्भसल पावर र एचआडीसीएलको वार्षिक साधारण सभा आगामी पुस २९ गते र कालिका पावरको साधारण सभा पुस २८ गते बस्दैछन् ।