काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नेप्सेको ओटिसि बजारमा ६३ करोड ६५ लाख बढीको कारोबार भएको छ ।
नेप्सेले आज जारी गरेको तथ्यांक अनुसार चालू आवको दोस्रो त्रैमासमा ओटिसि बजारमार्फत ६३ करोड ६५ लाख ७ हजार ३२८.८ रुपैयाँबराबरको कारोबार भएको हो । यो अवधिमा २२ वटा कम्पनीले ओटिसि बजारमा कारोबार गरेका थिए ।
नेपाल हस्पिट्यालिटी एन्ड होटेलले दोस्रो त्रैमाससमा सबैभन्दा धेरै कारोबार गरेको छ । कम्पनीले दोस्रो त्रैमासमा ओटिसि बजारमार्फत २५ करोड ४४ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार गरेको छ । त्यस्तै त्रिशक्ति सेक्युरिटिजले १० करोड १९ लाख ८५ हजार ६ सय रुपैयाँबराबरको कारोबार गरेको छ ।
२०७२ माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरु पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार तथा नामसारी नेप्सेमा ओटीसी बजारमार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको छ। हालसम्म ओटी बजारमा २२६ कम्पनी दर्ता भई कारोबारमा रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19