काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन मंगलबार बजार ५४.५४ अंकले बढेर  २ हजार १७५.१७ विन्दुमा बन्द भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९.२६ अंकले बढेर ३९७.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ कम्पनीको २३ करोड ३७ लाख ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।
 

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयसम्भु) भन्छन्, ‘बजार सबैतर्फबाट सकारात्मक छ, २ वर्षपछि भोलुम पनि उच्च आएको छ, बैंकहरुले पनि कर्जा परिचालन गरेका छन् ।राजस्व बढेको छ भने महंगी पनि घटेको देखिन्छ ।यी सबै कारणले गर्दा बजारमा उच्च मनोबल देखिन्छ ।त्यसैले अहिलको बढोत्तरी २ हजार २४० देखि २ हजार ३५० सम्म हुन सक्छ ।’

उनका अनुसार प्राविधिक रुपमा बजार ‘हायर हाई र हायर लो’ बनाउँदै आगाडि बढेको छ ।
 

अर्का बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘बजारमा २९ महिनाको वियरिस चक्र पुरा भएको छ ,सबैतर्फ सकारात्मक माहोल छ, नेपाल राष्ट्र बैंक पनि सकारात्मक छ, त्यसैले बजार करेक्सन हुँदै २ हजार ३०० देखि २ हजार ४०० विन्दुसम्म पुग्न सक्छ ।’
 

यसअघि २०७८ माघ २० अर्थात् सन् २०२२ को फेब्रुअरी ३ मा गते साढे ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। यो दिन नेप्सेका १४ वटै समूहमै हरियाली छाएको  छ।

यो दिन सबैभन्दा बढी  वित्त समूह ४.७५ प्रतिशतले बढेको छ ।दोस्रोमा लगानी समूह ३.७० प्रतिशतले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सबैभन्दा बढी कारोबार सोनापुर मिनरल्स एन्ड आयलको भएको छ । कम्पनीको २८ करोड ३१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी, दोस्रोमा निफ्राको २३ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २१करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको १७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन १४ वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन बुटवल पावर कम्पनी, हिमालयन पावर पार्टनर,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट, अपर तामाकोशी,यूनाइटेड मोदी हाइड्रोपावर,दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट  लागेको छ ।

यसैगरी, ङादी ग्रूप पावर, तेह्रथुम पावर कम्पनी, मकर जितुमाया हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयर हाउजिङ र हिमालयन रि-इन्स्योरेन्स कम्पनी र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट  लागेको हो ।
 

त्यस्तै यो दिन ज्योति विकास बैंकको बोन्ड २०८७ को इकाईमा नकारात्मक सर्किट लागेको छ ।

यसैगरी, हिमालयन बैंक ८० २० को इकाई भने ९.७० प्रतिशतले घटेको  छ।