काठमाण्डौ । साताको दोस्रो कारोबार दिन मंगलबार ६ वटा हाईड्रोसहित ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कारोबार खुलेको दुई घण्टाको अवधिमा ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

यो समाचार तयार पार्दाको समय अपरान्ह २ बजेसम्ममा हिमालयन पावर पार्टनर,अपर तामाकोशी,यूनाइटेड मोदी हाइड्रोपावर,ङादी ग्रूप पावर,दिव्यश्वरी हाइड्रोपावर,घलेम्दी हाइड्रोपावर,मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयर हाउजिङ र हिमालयन रि-इन्स्योरेन्स कम्पनीसेयरमूल्यमा सकारात्मक सर्किट  लागेको हो । 

उक्त अवधिसम्ममा नेप्सेमा २२० कम्पनीको सेयरमूल्य बढेको छ भने २५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । 

नेप्से परिसूचक पनि ४९.३० अंकले बढ्दै २ हजार १६९.३० को बिन्दुमा पुगेको छ ।  कारोबार भने १ अर्ब ६९ करोड बढीको कारोबार भएको छ ।  

घटेको अपर तामाकोशी उर्लियो !
यो दिन अपर तामाकोशी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।गत आइतबारप्रतिकित्ता १९० रुपैयाँमा कारोबार हुँदै आएको उक्त कम्पनीको सेयरमूल्य यो दिन २२८ रुपैयाँमा कारोबार भइरहेको छ ।उक्त अवधिसम्ममा कम्पनीको सेयरमा ६८ हजार ८४० कित्ता खरिद अर्डर छ भने बिक्री अर्डर भने शून्य
 छ ।

कम्पनीले बोलकबोल लिलाममा ल्याएको सेयरमा आवेदिन दिने अन्तिम दिन पुस २९ गतेसम्म कम्पनीको  सेयरमूल्य तल्लो विन्दुमा थियो ।

तर आवेदन बन्दभएसँगै कम्पनीको सेयरमूल्य बढ्दै गएको छ ।कम्पनीले नविकेको सर्बसाधारणतर्फको हकप्रद सेयरलाई गत पुस १३ गतेदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बोलकबोलमार्फत् सर्वसाधारण तथा संस्थाहरुका लागि बिक्रीमा ल्याएको थियो ।