काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ।

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो।

दोस्रो चरणको विद्युत मर्मतसम्भार कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६  गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ ।

साथै उसले उक्त अवधिमा पर्न सक्ने असुविधाका लागि क्षमायाचना गर्दै विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताएको छ । 

यसअघि पनि विद्युत मर्मतसम्भारका लागि गत पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहेको थियो ।