काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन बुधबार बजार १२.१० अंकले घटेर २ हजार १६३.०६ विन्दुमा बन्द भएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ३९६.३१ विन्दुमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘लगातार बढेको बजारमा यो नाफा बुक हो ।करेक्सन आउनु पर्ने थियो र यसलाई स्वभाविक रुपमा मान्न सकिन्छ ।केहि दिन करेक्सन आयो भने बजारले नयाँ फड्को मार्न शक्ति सञ्चय गरेको बुझ्न सकिन्छ ।’
उनका अनुसार आज बजार २ हजार २०० विन्दुमाथि गएर पनि टिक्न सकेन । किनकि आईपीओ लगायत दोस्रोबजारमा तिब्र नाफा बुक पनि भयो ।
उनले दोस्रो बजारमा २०/ २५ प्रतिशत नाफा बुक भइसकेकोले केहिदिन अझै नाफा बुक चल्न सक्ने बताए ।यद्यपि बजारले २ हजार २०० ब्रेक गरेर नै माथि जाने सम्भाबना छ ।
अर्का बजार जानकार केशव कोइराला(काका) भन्छन्, ‘मंगलबार ठूलो अंकले बजार बढेको कारण आज बजारमा नाफा बुक आएको हो ।खासगरी यस्तो नाफा बुक हाइड्रो र भर्खरै बजारमा आएका नयाँ कम्पनीको सेयरमा भएको छ ।’
उनका अनुसार अहिले बजारमा नयाँ पैसा पनि छिरेको छ ।धेरै लगानीकर्ता पनि कर्जा लिने प्रक्रियामा छन् त्यसकारण बजारले केहि दिन शक्तिसञ्चय गरेर बजार माथि जाने उनको भनाइ छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये अन्य, लघुवित्त,विकास बैंक, बैंकिङ समूहबाहेक अरु सबैमा रातो पोतिएको छ । यो दिन अन्य समूह १.४९ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समूह ०.४० प्रतिशतले बढेको छ ।
त्यस्तै यो दिन सबैभन्दा बढी वित्त समूह ३.५१ प्रतिशतले घटेको छ ।यसैगरी, हाइड्रोपावर समूह २.८० प्रतिशतले घटेको छ । यस्तै उत्पादन तथा प्रोसेसिङ १.९४ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूह १.६१ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यो दिन ६५ करोड ८४ लाखभन्दा बढीको कारोबार भएको छ।
त्यस्तै ङादी ग्रूप पावरको ३३ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ।
यसैगरी, यो दिन सोनापुर मिनरल्स एन्ड आयलको २९ करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ।मुक्तिनाथ कृषि कम्पनीको २४ करोड ५० लाखभन्दा बढीको कारोबार भएको छ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन तीन वटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा हिमालयन रि-इन्स्योरेन्स,ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनी रहेका छन् ।
बुधबार तीन वटा अलग- अलग कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
जसमा ईष्टर्न हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र भूगोल इनर्जि पावर रहेका छन् । डोल्टी पावर कम्पनीको सेयरमूल्य ८.६५ प्रतिशतले घटेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19