काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो आठौं  वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरु तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने लगायतका कार्यक्रम आयोजना गरी मनाउँदैछ ।

वार्षिकोत्सवको दिन बिहान पशुपति क्षेत्रको चक्रपथसंगै जोडिएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्गले गरेका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि पशुपति क्षेत्र बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा थिए । 

कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपतिक्षेत्र बिकास कोषका पदाधिकारीहरु, बैंकका कर्मचारी लगायत पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीतिअनुरुप आजको बृक्षारोपण कार्यक्रमको आयोजना गरी बैंकले ३०० वटा बृक्षारोपण गरेको  र उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउनेसम्मको सम्पूर्ण जिम्मेवारी बहन गर्ने बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 

सो कार्यक्रममा पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले सिभिल बैंकले बृक्षारोपण मात्र नगरी रुखहरुलाई ५ वर्षसम्म हुर्काई आफैं सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै सराहनीय रहेको बताए ।

बैंकले पाशुपत क्षेत्र जस्तो देवभुमिमा बृक्षारोपण जस्तो पावन कार्य गर्न पाउँदा खुशी लागेको कुरा बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्गले बताएका थिए । 

बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधानकार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको कुरा बंैकले जनाएको छ ।