काठमाण्डौ । जापानको अर्थव्यवस्था आधुनिक इतिहासकै सबैभन्दा खराब स्थितिमा गुज्रिरहेको छ।

कोरोना महामारीका कारण कारोबार ठप्प भएका छन्। मानिसहरुले खर्च गर्न लगभग बन्द गरिदिएका छन्।

यो वर्षको गत अप्रिल–जुनको त्रैमासमा जापानको जीडीपीमा रेकर्डतोड ७.८ प्रतिशतको गिरावट आएको छ। यो जापानको आधुनिक इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो गिरावट हो।

यो परिस्थितिमा विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापानका नीति निर्माताहरुलाई अब देशलाई डुब्नबाट र लामो समय मन्दीबाट बचाउन दबाब पर्न थालेको छ। 

अप्रिल–जुनको त्रैमासमा जापानको अर्थव्यवस्थामा आधाभन्दा बढी योगदान गर्ने निजी खपतमा ८.२ प्रतिशतको गिरावट देखिएको थियो। यसका अलावा बर्सेनि निजी खपतमा ५६ प्रतिशतको गिरावट दर्ता भएको छ।

जापानमा गत मेको अन्त्यबाट आपतकाल हटाइएको थियो। त्यसपछि अधिकांश कारोबार खुलेका थिए। यद्यपि विशषकहरुका अनुसार यो वर्षको अन्त्यसम्म अवस्थामा कति सुधार हुन्छ त्यो कोरोना महामारीको स्थितिमा निर्भर हुनेछ। 

जापानका वित्तमन्त्री यात्रुतोशी निशिमुराले अर्थव्यवस्था लयमा ल्याउन लचिलो र समयानुकूल कदम चालिने बताएका छन्। उनले भनेका छन्, ‘मलाई विश्वास छ कि ती कदमबाट जापानको अर्थव्यवस्थालाई गति दिन सकिनेछ।’ – एजेन्सी