काठमाण्डौ । आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष सकिनै लाग्दा एकैसाथ ६ शाखा बिस्तार गरेको छ । 

देशभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घासमा गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको हो । 

टोखा शाखाको समुद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका थिए । 

कीर्तिपुर शाखाको समुद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए । शाखा कार्यालय समुद्घाटनको क्रममा अधिकारी र महर्जनले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिई बैंकको प्रगतिको कामना गरेका थिए ।

त्यसैगरी, बाडेगाउँ शाखाको समुद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । सो अवसरमा महर्जनले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

इमाडोल शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरे । सो क्रममा उनले बैंकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले गरे । पन्तले बैंकको प्रगतिको कामना गरेका थिए । 

साथै, तम्घास शाखाको समुद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरे । भुसालले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरेका थिए । 

समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक सेयरधनी, स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंकको देशभर ११९ वटा शाखा, २५ एटीएमको वृहत सञ्जाल रहेको छ भने बैंकका करिब ६ लाख ग्राहक रहेका छन् ।