काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल एसबीआई बैंक लिमिटेडको खुद नाफा ५४.१४ प्रतिशतले घटेको छ।
बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा घटेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ४३ करोड ७२ लाख रुपैयाँमा सीमित थियो।
बैंकको वितरणयोग्य मुनाफा २ करोड ५८ लाख रुपैयाँ रहेको छ।
प्रथम त्रैमासमा बैंकको सञ्चालन मुनाफा पनि ५४.२६ प्रतिशतले घटेर २८ करोड ५४ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६२ करोड ४० लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।
यो अवधिमा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार ४.७२ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार ४ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो।
बैंकको खराब कर्जाको दर (एनपीएल) ०.१७ प्रतिशतबाट बढेर ०.२५ प्रतिशतमा पुगेको छ। आधार दर भने ९.९४ प्रतिशतबाट घटेर ८.३७ प्रतिशतमा झरेको छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १९.५३ रुपैयाँबाट घटेर ८.९५ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो ४६.१२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६७.२३ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19